चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछः उपराष्ट्रपति

डिसी नेपाल
२ असार २०८० २१:४१
80
Shares

त्रिवेणी। उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन्। नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताए।

उनले चुरेको विनाशले पानीको स्रोतमा कमी हुँदा तराई–मधेस सुक्खा र मरुभूमिकरणमा परिणत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए। उनले भने, “तराई–मधेसमा पानीको स्रोत मानिने चुरे, भावर र तराई मधेस परस्पर अन्योयाश्रित छ। यसको विनाशले पानीको स्रोतमा कमी हुँदा नेपालको अन्न भण्डारको रूपमा रहेको मधेस सुक्खा र मरभूमिकरणमा परिणत हुनसक्छ।”

जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको भन्दै उपराष्ट्रपति यादवले यसको संरक्षणमा लाग्नुपर्ने बताए। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरको समन्वयमा नवौँ चुरे संरक्षण दिवसका अवसरमा आज कावासोतीमा वृक्षरोपण गरिएको हो।

कावासोती नगरपालिका–६ स्थित विष्णुनगर सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा १० हजार बिरुवा रोप्ने योजना रहेको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरका प्रमुख सेनानी दीपेन्द्र बोगटीले बताए।

आज वृक्षरोपणको उद्घाटन गरिएको मौसमको अनुकूलता हेरी चाँडै यस क्षेत्रमा १० हजार बिरुवा लगाइने उनले बताए। विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोपिने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *