आइसिसी विश्वकप क्रिकेटका छनोट खेलहरु आजदेखि, पहिलो खेल नेपाल र जिम्वाबेबीच हुने

डिसी नेपाल
३ असार २०८० ६:२९
2.0k
Shares

काठमाडौं। नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ। हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो।

आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्न लागेको हो। सो खेल नेपाली समय अनुसार आइतबार अपरान्ह १२ः ४५ बजेबाट सुरु हुनेछ।

नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ। अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ।

पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोबैज्ञानिक रुपमा कमजोर अनुभुति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमिले जनाएका छन्।

साे खेलबारे नेपाल क्रिकेट स‌ंघले भनेकाे छ, ‘राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन्।’

यसैबीचमा नेपाल क्रिकेट संघ क्यानले विश्वकप खेल्ने लक्ष्य लिएर रोहित पौडेलको कप्तानीमा जिम्वाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहि लक्ष्य अनुरुप तयारी गरिरहेको भन्दै टोलीको हौशला बढाउन र शुभकामना दिन सबै क्रिकेटप्रेमीहरुमा अपिल गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *