अमिसा बजगाईंको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक (भिडियो)
काठमाडौं। अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ ।
संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको भिडियोमा जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन रहेको छ ।
म्युजिक किचन स्टुडियो र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको बताउँदै ६ दिनमा अडियो भिडियो तयार गरिएको जानकारी गराए। चरण बजगाईं, शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडियो नेपाल घुम्न आउँदा बनाएको उनको भनाइ थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment