आगलागीबाट आठ घर जलेर नष्ट

डिसी नेपाल
१२ असार २०८० ९:३२
284
Shares

मंगलबारे। इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।

गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन।

रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *