पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो, अबदेखि १२ हजार तिर्नुपर्ने
प्रतिनिधिमुलक तस्बिर
अन्नपूर्ण। कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो।
हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन्। पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुंगा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए।
अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको रु छ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए। उनले भने, “पहिला रु तीन हजार नौ सय पाउँथे।” नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन्। तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन्। हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए। – रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment