बागमती प्रदेशसभाको बैठक बस्दै
हेटाैंडा। बागमती प्रदेशसभाको बैठक बस्दैछ। प्रदेश सभा भवन हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।
गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।
सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूकाे आराेप छ कि बजेट बिभेदकारी छ।
हिजाे पनि २ बजे बाेलाइएकाे बैठक ढिलाे गरी ४ बजे सुरू भएकाे थियाे । तर, साे बैठकमा पनि प्रतिपक्षले बिभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक साेमवार बिहान ११ बजे बाेलाइएकाे हाे।
हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्बजनिक गर्दै साे बिषय बजेटमा समावेश गर्नु पर्ने बिषय उठान गरेकाे छ। आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ।
Facebook Comment