निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदाः

कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)

३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, विदेशबाट पनि मतदान

डिसी नेपाल
१८ असार २०८० १८:२४
164
Shares

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका मतदातालाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ।

आज बसेको निर्वाचन आयोगको बैठकले ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदालाई पारित गर्दै गृह मन्त्रालय मार्फत संसदमा पठाउने निर्णय गरेको छ ।

मस्यौदामा समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य, कानुनमा नो भोटको पनि व्यवस्था गर्न प्रस्ताव गरेको छ । यस्तै, एउटा तहमा चुनाव पराजित भएको व्यक्ति ५ वर्ष अर्को तहमा उम्मेदवार हुन नपाउने पनि प्रस्ताव गरेको छ ।

यस्तै कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यो दलको सदस्य त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने, समानुपातिक तर्फको निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन पर्यवेक्षक, विदेश भ्रमणमा जाने र कुनै व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचार गराई रहेका मतदाताले अग्रिम मतदान गर्न सक्ने समेत प्रस्ताव गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *