प्रतिनिधिसभा बैठकः तीनवटा बिधेयक प्रस्तुत हुने

डिसी नेपाल
२४ असार २०८० ६:३३
228
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशाेधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन्।

र, आजै सो बिधेयकमाथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।

तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग्दै संसद अवराेध गर्ने संभावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *