कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त

डिसी नेपाल
२७ असार २०८० १०:१९
48.6k
Shares

वेल्स। बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ।

ती बिरामीसँगको सम्बन्ध राख्दै आएकाे र याैन सम्बन्धको क्रममा बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाई जागिरबाट निकालिएकाे छ। साे क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन्।

यौनसम्पर्कका बेला बिरामीको मृत्यु भएपछि पनि नर्सले एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो। भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरु पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए।

ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र याैन सम्पर्क गर्दा गर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो। द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएकाे थियाे।

मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाई मृतक बिरामीसँग उनको सम्बन्ध रहेकाे बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए। तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर याैन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन्।

नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लंघन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाइ पनि हृदयघात भएकाे बारेमा जानकारी नदिइ लुकाएकी थिइन्। बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएकाे देखे पछि अरूलाइ बाेलाएका थिए।

द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन्। उनले काउन्सिलमा दिएकाे बयान अनुसार साे क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरूमा सम्बन्ध अस्विकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन् र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *