‘लक्ष्मी भ्यालु फण्ड-२’ को ८ करोड इकाई ५ साउनदेखि बिक्री खुला हुँदै
काठमाडौँ। लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फण्ड इकाई बिक्री खुला गर्ने भएको छ। यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फण्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गर्न लागेको हो। यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ।
बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला हुनेछ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ। साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्ममा सबै इकाई बिक्री नभएमा भने साउन १९ गतेसम्म इकाई बिक्री खुला रहनेछ।
यो १० वर्षे योजना हो। ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।







डिसी नेपाल







Facebook Comment