रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ बिक्री खुला

डिसी नेपाल
२७ असार २०८० ११:४५
536
Shares

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुल्ला गरेको हो। कम्पनीले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आईपीओ बिक्रीमा ल्याएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *