डेंगुबाट एकैदिन सात जनाको मृत्यु
ढाका। बंगलादेशमा डेंगुबाट एकैदिन सात जनाको मृत्यु भएको छ। मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो।
मंगलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता हुनुका साथै थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ। यो संख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो।
हाल डेंगु संक्रमितको संख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ। यो वर्ष डेंगु संक्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन्।
यो महिनामा मात्रै थप छ हजार नौ १९ जना डेङ्गुका नयाँ संक्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment