४ साउनदेखि आईपीओ जारी गर्दै हाथवे इन्भेस्टमेन्ट

डिसी नेपाल
२७ असार २०८० १४:४९
344
Shares

काठमाडौँ। हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ साउन ४ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमा २ लाख ९२ हजार ५०० कित्ता  आईपीओ जारी गर्न लागेको हो।

यस आईपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।  यस आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *