२५.३१ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८९ कम्पनीको ८५ लाख ०४ हजार ३७८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ३३ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा शिव श्री हाइड्रोपावर र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, रावा इनर्जी डेभलपमेन्ट र नेपाल फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment