फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ बढ्यो

डिसी नेपाल
२८ असार २०८० ९:१४
2.8k
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ९० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४६ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, टनेल गोलभेडा सानो ३२ रुपैयाँ, लौका ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती १४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १४०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ७० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १२० रुपैयाँ, हरियो धनिया २०० रुपैयाँ, छ्यापी सुकेको १४० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, लसुन २०० रुपैयाँ, चाइनिज लसुन २४० रुपैयाँ, रुख कटहर ३० रुपैयाँ, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *