हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment