३१ असारदेखि एकीकृत कारोबार गर्दै राष्ट्र उत्थान र आशा लघुवित्त

डिसी नेपाल
२८ असार २०८० ११:३०
100
Shares

काठमाडौँ। राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले आइतबार असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ। दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोडएले असार २६ गते अन्तिम स्वीकृति दिइसकेको छ।

आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ। आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *