आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छः अर्थमन्त्री महत

डिसी नेपाल
२८ असार २०८० १७:०८
52
Shares

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध बताएका हुन् ।

उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसंगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे। उनले मुलुकभित्र प्राकृतिक प्रकोप लगाएत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको पनि बताए।

अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्णरुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे। उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकताम राखिएको जिकिर गरे।

उनले लक्ष्य अनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केहि मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *