प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

डिसी नेपाल
२९ असार २०८० ११:४६
112
Shares

काठमाडौँ। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। दुवै संस्था एक भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

दुवै कम्पनीको जेठ २६ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो। बिमा प्रधिकरणले जेठ २९ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो।

दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन्। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्तापुँजी पुगेको छ। बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्तापुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति पनि भएको छ।

दुवै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि असार २९ गतेदेखि असार ३१ गतेसम्म सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *