लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार सुरु
काठमाडौँ। लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार, २९ असार) देखि कीकृत कारोबार सुरु भएको छ। दुवै बैंक एक भई लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार भएको छ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ। यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए।
दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ। १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment