आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

डिसी नेपाल
३१ असार २०८० १०:४६
1.1k
Shares

काठमाडौँ। आइएमई लाइफ इन्सुरेन्सको आईपीओ शनिबार (असार ३० गते) बाँडफाँट भएको छ।

यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन्। यो आईपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले आवेदन दिएकामा ११ लाख ८८ हजार ९९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई कुल ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो। कम्पनीले कुल १ करोड २० लाख कित्तामध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यसअघि नै बाँडफाँट गरिसकेको छ।

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, आइएमई लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *