सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
३१ असार २०८० १२:५३
204
Shares

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड संग अनुमति माग गरेको छ।  कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।

कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले प्रति कित्ता १०० अंकित दरका कुल १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ।

कम्पनीको यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न असार २७ गते बोर्डमा निवेदन दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *