नेप्से परिसूचक १२.१६ अंकले बढ्यो, २ अर्ब ३७ करोडमाथिको कारोबार

डिसी नेपाल
३१ असार २०८० १५:१७
164
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले बढेर ३९४.१५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २३ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा सनराइज फोकस इक्युती फण्ड र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, लिबर्टी इनर्जी र मकर जितुमाया सुरु हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *