११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ३४ करोडमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ४१०.४६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा युनाइटेड अजोड इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज २३ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र शिवम सिमेन्ट को कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा बिपीडव्लु लघुवित्त वित्तीय संस्था र बिसाल बजारका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल समृद्धि फण्ड र गुडविल फाइनान्सको ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment