यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपालले जित्ने ‘मिष्टर नेपाल’ आयोजकको आशा

डिसी नेपाल
३ साउन २०८० २०:२१
260
Shares

काठमाडौंँ । ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्सले यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपालले हात पार्नमा आश गर्न सकिने बताएका छन् । ‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक उत्कृष्ट प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जितेपनि मिष्टर वर्ल्ड नेपाल भित्र्याउन सक्षम रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाको धारणा रहेको थियो ।

‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृष्ट गरेका छौ’, धमलाले भने ‘मलाई विश्वास छ । यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपाल आउने छ ।’ मिष्टर नेपालमा विगतका भन्दा उत्कृष्ट प्रतियोगी यसपटक रहेको धमलाले दाबी गरे । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ ।

कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको विविधताबारे जानकारी दिए । यो पटक मिष्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगीताका कोरियोग्राफर ताम्राकारले बताए ।

‘हामीले प्रतियोगीलाई प्रतियोगीता केन्द्रीत भन्दापनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । अधिकाम्श प्रतियोगीता फर्म्याट त्यस्तै हो । तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन् ।’ प्रतियोगीतामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका व्यक्ति प्रतियोगीका रुपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीतालाई हेर्ने दृष्टिकोण समेत विस्तारै फेरिएको धारणा राखे ।

१५ औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगीता गत वर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो ।

कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगीता गर्ने अपेक्षा सहित मिष्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् । ‘मिष्टर नेपाल देशकै उत्कृष्ट प्रतियोगीताको रुपमा चिनाउने उदेश्यले आयोजना गर्दै आएका थियौ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन’, थापाले भनिन् ‘नेक्स्ट मोडल्सले मेरो विश्वास कायम राखेको छ ।’ प्रतियोगीता यस पटकबाट नेपालकै नम्बर एक प्रतियोगीता भएको दाबी उनको छ ।

कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् ।

न्युलुक ‘मिष्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगीताको ग्राण्ड फाइनल आगामी शनिबार दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य समारोहकाबीच आयोजना हँुदैछ ।

प्रतियोगीतामा शिर्ष सहित विभिन्न विधागत गरेर १२ विजेता छानिनेछ । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् । प्रतियोगीताको शिर्ष सहित अन्य ४ महत्वपुर्ण विधाका विजेताले पनि यो पटकबाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फाइनलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विधामा प्रशिक्षण दिएको छ ।

प्रतियोगीताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *