हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री खुला, न्युनतम २० कित्ता भर्नु पर्ने

डिसी नेपाल
४ साउन २०८० ९:२६
1.8k
Shares

काठमाडौँ। हाथवे इन्भेस्टमेन्ट नेपालको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ आज (साउन ४ गते) देखि बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति प्राप्त गरेको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

यस आईपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताहरुले साउन १८ गतेसम्म आवेदन दिन पाउने छन्।  यस आईपीओमा लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *