‘लक्ष्मी भ्यालु फण्ड–२’ को इकाईमा आजबाट आवेदन खुल्ला

डिसी नेपाल
५ साउन २०८० ९:०५
124
Shares

काठमाडौँ। लक्ष्मी क्यापिटलले आज साउन ५ गते शुक्रबारदेखि म्युचुअल फण्डको इकाई बिक्री खुला भएको छ।

यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो। यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ।

बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको छ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ। साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त समयसम्ममा सबै इकाई बिक्री नभएमा भने साउन १९ गतेसम्म इकाई बिक्री खुला रहनेछ। यो १० वर्षे योजना हो। ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *