नेपाल चेम्बरले प्रहरीलाई दियो १७ वटा निगरानी ड्रोन

डिसी नेपाल
१२ भदौ २०८३ १८:३४

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १७ वटा निगरानी ड्रोन हस्तान्तरण गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपकुमार मल्होत्राले प्रहरीलाई ड्रोन हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका ड्रोनमध्ये दुईवटा माभिक फोर प्रो, पाँचवटा एयर थ्री एस, दुईवटा मिनी फाइभ प्रो प्लस, छवटा लिटो वान प्लस र दुईवटा लिटो एक्स वान रहेका छन्।

चेम्बरका अनुसार कठिन भौगोलिक तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्था पहिचान तथा खोजी–उद्धारमा महत्वपूर्ण सहयोग पुग्नेछ।

चेम्बरले यसअघि पनि विदुर नगरपालिकालाई दुईवटा ड्रोन र प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनका लागि १२५ वटा पावर बैंक उपलब्ध गराइसकेको जनाएको छ। रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा राहत सामग्री तथा नगद सहयोगसमेत गर्दै आएको चेम्बरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *