१४ साउनदेखि आईपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर

डिसी नेपाल
५ साउन २०८० ९:४१
244
Shares

काठमाडौँ। मिड सोलु हाइड्रोपावरको आईपीओ साउन १४ गतेदेखि बिक्री खुला हुने भएको छ।  कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ४८ हजार ४०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७४ हजार ८४० कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो।

कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गर्नेछ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिनेछ।

यस आईपीओमा बिक्री प्रवन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ।  यस आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले साउन २८ गतेसम्म आवेदन दिन पाउने छन्। स्थानीयका लागि जारी भएको आईपीओमा ढिलोमा भदौ ११ गतेसम्म आवेदन दिन पाउने छन्।

स्थानीयले सोलुखुम्बुको सल्लेरीमा रहेको एनआईसी एसिया बैंक, सोलुदूधकुण्डमा रहेको लक्ष्मी सनराइज बैंक, लुक्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक, सल्लेहरीमा रहेको राष्ट्रिय वाणिज्य बैंक र नाम्चेबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *