सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
५ साउन २०८० १०:४८
160
Shares

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको २ लाख ९४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिईसक्नु पर्ने छ।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको समयपछि संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *