थप ११ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स

डिसी नेपाल
७ साउन २०८० ९:५५
140
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) वितरण गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।

एलओआई पाएका ४३ वटा कम्पनीमध्ये १८ कम्पनीलाई बोर्डले पहिले नै ब्रोकर लाइसेन्स दिइसकेको छ। फेरी थप ११ वटा कम्पनीहरुले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय गरे संगै लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ।

सेबोनले बिहीबार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *