सेयर बजारमा हरियाली, ६३.२४ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
७ साउन २०८० १५:१७
300
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४१ अंकले बढेर ४२४.९३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा युनाइटेड शिवम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज १४ करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा ज्योति विकास बैंक र ग्लोबल आईएमई बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा किसान लघुवित्त र चन्द्रागिरि हिल्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र नेपाल बैंकको ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *