कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाइ जारी

डिसी नेपाल
८ साउन २०८० १४:३१
84
Shares

काठमाडौं। कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ।

कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वाेच्च अदालतकाक न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास सुनुवाइ भइरहेको हो।

दिउँसो १२ः३५ बजेदेखि सुरु भएको सुनुवाइ अहिले खाजाखान समय रोकिएको र पछि सुरु हुने अदालतले जनाएकाो छ।

कोश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *