२४ सय ३५ जनाले बुझाएनन् खर्च विवरण

निर्वाचन खर्च विवरण नबुझाउनेमा सोविता गौतमदेखि गगन थापासम्म

आयोगले तोक्यो १५ हजार जरिवाना

डिसी नेपाल
९ साउन २०८० १६:५५
80
Shares

काठमाडौं। निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु १५ हजारसम्मको जरिवनासहित कारबाही गर्ने निर्णय रेको छ।

आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।

आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने २ हजार ४३५ उम्मेदवारहरूलाई १५ हजारका दरले जरिवाना तोकेको हो। यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ।

निर्वाचन खर्च विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमदेखि, माओवादी केन्द्रकी ओनसरी घर्ती, नेपाली कांग्रेसका गगन थापासहितका सांसद तथा नेताहरू पनि रहेका छन्।

हेर्नुहोस सूची

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *