आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६७ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसामा किनबेच गर्न सकिनेछ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसामा काराेबार भएकाे थियाे।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसामा खरिदबिक्री हुनेछ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कायम गरेकाे राष्ट्र बैंकले दक्षिण काेरीया वन १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्रीदर १० रूपैयाँ २८ पैसामा काराेबार गर्न सकिने गरी अनुमति दिएकाे छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएकाे छ। साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२५.६९ पैसा तथा विक्रीदर ४२७.६५ पैसा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment