फलफूल तथा तरकारीको मूल्य : राताे बन्दा ६० रूपैयाँ, डल्लेच्याउ ३५० रुपैयाँ

डिसी नेपाल
१४ साउन २०८० ९:५४
160
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो  ७० रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, कुरीलो प्रतिकेजी ४०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८ रुपैयाँ, भारतीय आलु रातो ३६ रुपैयाँ, लौका ४० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाजर ११० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, मकै बोडी  ५० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, कागती १३० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४० रुपैयाँ, तामा ११० रुपैयाँ, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ, अनार ३०० रुपैयाँ, नासपाती ७० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर  ५३० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १६० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ, लसुन हरियो ८० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ, चाइनिज लसुन २६० रुपैयाँ, रुख कटहर ४० रुपैयाँ, भेडे खुर्सानी ८० रूपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *