कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा
काठमाडौँ। कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनेभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment