माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिकाे एजेन्डा तय गरिने
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो।
माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ।
साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो। पार्टीका विधा अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment