नयाँ बसपार्कको गेस्ट हाउसमा प्रहरीको छापा, नीलकण्ठ नपाका वडाध्यक्षसहित १२ जना पक्राउ

डिसी नेपाल
१५ साउन २०८० २०:५८
7.0k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा छापा मार्दा प्रहरीले धादिङ नीलकण्ठ नगरपालिका वडाध्यक्षसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद गरेको छ ।

आइतबार राति प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुले टोखा नगरपालिका– ९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा छापा हानी जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गर्दा धादिङको नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष राम श्रेष्ठ परेका छन् ।

पक्राउ पर्ने बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धीरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल छन् । महाराजगन्ज वृत्तका प्रमुख डिएसपी अंगुर जीसीले पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत कारवाही गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *