प्रस्तावित राजदूतको सुनुवाई अघि बढ्याे
काठमाडाैं। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइलाई अघि बढाउने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतबिरुद्धको उजुरीमा थप छलफल गर्न आवश्यक नरहेकाले आगामी बैठकमा राजदूतको सुनुवाइ सम्पन्न गर्ने निर्णय गरेको हो।
प्रस्तावित राजदूतमाथिका उजुरुबारेको छलफलमा सांसदहरुले बेनामे र ठेगाना नखुली आएका उजुरीमाथि छलफल आवश्यक नरहेको धारणा राखेपछि आगामी बैठकले राजदूतको सुनुवाइ गर्ने समितिका ज्येष्ट सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै उनले राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्ने विषयमा प्रश्न उठेकाले यस बिषयमा आगामी बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्ने निर्णय भएको बताए।
त्यसअघि बैठकमा समिति सदस्यहरुले पूर्ण विवरण नखोली आएका उजुरीहरुमाथि छलफल गर्न आवश्यक नरहेको धारणा राखेका छन्। समिति सदस्य जनार्दन शर्माले उजुरीहरुमाथि छलफल गर्न आवश्यक नरहेको तर समावेशीताका बिषयमा भने ध्यान दिनुपर्ने बताए। उनले लोकतान्त्रिक मूल्यमान्यताअनुसार चल्न सक्नुपर्ने बताए।
त्यस्तै प्रमुख सचेतक पदम गिरीले पूर्ण विवरण उल्लेख भएका उजुरीहरुमाथि मात्रै छलफल गर्नुपर्ने र वेनामे उजुरीलाई ध्यान दिन आवश्यक नरहेको बताए।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।







डिसी नेपाल







Facebook Comment