उमा श्रेष्ठको तीज गीत ‘पापाकी परी’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२० साउन २०८० १३:५४
96
Shares

काठमाडौं। लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत‘पापाकी परी’सार्बजनिक गरेकी छिन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेकी छिन् ।

गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान समेत हात परिसकेकी छिन् । स्थायी घर सिन्धुपाल्चोक भएकी उनि व्यवसायीकताको नाममा मौलिकता भुल्न नहुने कुरा बताउछिन् । गीतको नाम अनुसार भित्रि भाव नभएको र यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा उमा ढुक्क छिन् ।

लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठको पछिल्लो समय बजारमा आएको तीज गीतमा उमा श्रेष्ठको नै एकल स्वर रहेको छ । साथै सामुहिक स्वर अमृत खाती र नरेन्द्र वियोगीको पनि सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लले भरेका छन् । गीत अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोलाई रुबिना अधिकारी, जोहन बम, बिनोद सेवान र अनिल परियारको अभिनयले सजाइएको छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चुहंले गरेका छन् । गायिका उमाले पहिलेका गीत संगीत जसरी नै यस गीतलाई पनि सम्पूर्णले मन परईदिनुहुने कुरामा बिश्वास ब्यक्त गर्दछिन् । गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *