गम्भिर बिष्टको निर्देशनमा बनेको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक
काठमाडौं। गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन्।
शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गरिरहेका हुन् । सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरिर तारिफ योग्य छ । सार्वजनिक भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधिर पनि बिशेष भुमिकामा देखिएका छन्।
आर्ट मुभिजको प्रस्तुनिमा निर्माण भएको म्युजिक भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक बिष्टको नै रहेको छ । भिडियो उत्कृष्ट बनेकाले दर्शकले मन पराउने विश्वास ठकुरीलाई छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतकको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ।
सुधिर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रुपमा आवद्ध छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment