मोटरसाइकल रेसिङ च्याम्पियनसिपका क्रममा १३ वर्षीय राइडरको मृत्यु

डिसी नेपाल
२२ साउन २०८० १५:४१
10.8k
Shares

काठमाडौं । मद्रास इन्टरनेशनल सर्किटमा मोटरसाइकल रेसिङ च्याम्पियनसिपको क्रममा बेङ्गलुरुका १३ वर्षीय राइडर कोपरम श्रेयस हरीशको शनिबार मृत्यु भएको छ।

उनी एमआरएफ एमएमएससी एफएमएससीआई इन्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप २०२३ को तेस्रो राउन्डमा दुर्घटनामा परेका थिए।

दुर्घटना हुँदा उनको टाउकोमा गहिरो चोट लागेको थियो, त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याइयो, जहाँ पुग्दा उनलाई मृत घोषणा गरिएको थियो।

द हिन्दू समाचार वेबसाइटका अनुसार मद्रास इन्टरनेशनल सर्किटमा यो वर्ष दोस्रो मृत्यु हो। यसअघि ५९ वर्षीय के. ई. कुमारको जनवरी महिनामा सैलुन कार रेसिङका क्रममा मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *