ट्विट गरेका कारण कसैको जागिर समस्यामा परे एलन मस्कले सहयोग गर्ने
काठमाडौं । यदि कुनै कम्पनीले ट्विटरमा गरेका गतिविधिहरूका आधारमा आफ्ना कर्मचारीलाई दुर्व्यवहार गर्छ भने एक्स (पहिले ट्विटर) ले उक्त व्यक्तिको लागि सम्पूर्ण कानूनी खर्च वहन गर्ने एलन मस्कले घोषणा गरेका छन् ।
मस्कले आफ्नो कम्पनीले दिएको यो आर्थिक सहयोगमा कुनै सीमा नरहेको पनि बताएका छन् ।
उनले एक्स (पहिले ट्विटर) प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्ट वा लाइकको कारण उनीहरूमाथि केही गलत भएमा ‘उनीहरूलाई रिपोर्ट गर्न’ आग्रह गरेका छन्।
गत महिना मात्र ट्विटरको नाम ट्विटरबाट एक्समा परिवर्तन गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment