गत वर्ष नदेखिएका स्थानहरुमा यस वर्ष डेंगी संक्रमण धेरै
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरुमा यस वर्ष संक्रमण धेरै देखिएको जनाएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगी संक्रमणको महामारी निश्चित स्थानमा दुई–तीन वर्षमा दोहरीने देखिएको बताए । ७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रुप लिनेसक्ने उनले बताए ।
गतवर्ष काठमाडौं उपत्यका, हेटौडा, चितवनमा डेंगीले महामारीको रुप लिएको थियो । यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उनले वर्षौसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताए । उनले ‘डेङ्गी नियन्त्रणः खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए ।
त्यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए ।
विसं २०६१ मा पहिलो पटक डेङ्गुका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमशः यस्ता सङ्क्रमित बढ्दै गएको उहाँको भनाइ छ । नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए ।







डिसी नेपाल








Facebook Comment