विश्वकपका लागि अस्ट्रेलियाका १८ खेलाडी छनोट
काठमाडौं । अस्ट्रेलियाले एकदिवसीय विश्वकपका लागि १८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ तर मार्नुस लाबुसेनले यो सूचीमा स्थान पाउन सकेका छैनन् ।
यी १८ खेलाडीहरू पहिले पाँच ओडीआई सिरिज खेल्न दक्षिण अफ्रिका जानेछन् र त्यसपछि भारत भ्रमणमा जानेछन् । उनीहरूले विश्वकपअघि आयोजक टोलीसँग तीन ओडीआई खेल्नेछन् ।
अस्ट्रेलियाको टोलीमा कप्तान प्याट कमिन्स, सिन एबोट, एस्टन अगर, एलेक्स क्यारी, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, तनवीर सांघा, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कुस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा समावेश छन्।
लाबुसेनलाई टोलीमा समावेश नगर्ने निर्णयलाई चकित पार्ने निर्णय मानिएको छ । लाबिसेनले टेस्ट म्याचमा राम्रो प्रदर्शन गरेर देखाएका छन् । लाबुसेनले अहिलेसम्म खेलेका ३० एकदिवसीय खेलमा ८४७ रन बनाएका छन् । जसमा एक शतक र ६ अर्धशतक रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment