मोरक्कोमा सडक दुर्घटनामा २४ जनाको मृत्यु

डिसी नेपाल
२३ साउन २०८० १३:२०
120
Shares

काठमाडौं । मध्य मोरक्कोमा आइतबार भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यो घटना मोरक्कोको अजिलाल प्रान्तमा भएको हो, जसलाई हालैका वर्षहरूमा देशको सबैभन्दा घातक दुर्घटनाहरू मध्ये एकको रूपमा वर्णन गरिएको छ।

मोरक्कोको आधिकारिक समाचार एजेन्सी एमएपीका अनुसार यात्रुहरूले भरिएको बस अचानक पल्टिँदा दुर्घटना भएको हो । यो बस दमनाते जाँदै थियो । दुर्घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

गत वर्ष अगस्टमा क्यासाब्लान्कामा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो । यसअघि सन् २०१५ मा सेमी ट्रेलर ट्रक र बस ठोक्किँदा ३३ जनाको मृत्यु भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *