युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा एक महिला पक्राउ
काठमाडौं । युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरिएको जनाएको छ ।
सुरक्षा सेवाहरूले भनेअनुसार ती महिलाले जुनमा बाढी प्रभावित माइकोलाइभको यात्रा अघि जेलेन्स्कीको तालिकाको बारेमा पत्ता लगाउन प्रयास गरेकी थिइन् ।
युक्रेनले प्रायः स्थानीय बासिन्दाहरूलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना उपलब्ध गराएको आरोप लगाउँदै आएको छ।
राष्ट्रपति जेलेन्स्कीले यो गिरफ्तारीको पुष्टि गरेका छन् । उनले ‘देशद्रोहीविरुद्धको युद्ध’बारे सुरक्षा निकायले जानकारी गराएको बताए ।
यद्यपी रुसले यस गिरफ्तारीमा कुनै प्रतिक्रिया दिएको छैन ।
युक्रेनको सेक्युरिटी सर्भिस एसबीयूले एक विज्ञप्तिमा ती महिलालाई रुसीहरूलाई खुफिया जानकारी दिने क्रममा रंगेहात पक्राउ गरिएको बताएको छ।
एसबीयूले महिलाले जेलेन्स्कीले माइकोलाइभको भ्रमण गर्नु अघि धेरै खुफिया जानकारी प्राप्त गर्ने प्रयास गरेको पनि आरोप लगाएको छ ।
एसबीयूका अनुसार संदिग्ध महिला ओचाकिवको सानो शहरमा बस्छिन्, जहाँ जेलेन्स्की जुलाईमा गएका थिए। त्यहाँ यी महिला सैन्य आधारमा बनेको पसलमा काम गर्छिन्।
एजेन्सीले जेलेन्स्कीको भ्रमणपछि महिलालाई पक्राउ गरेको बताइएको छ। ती महिलामाथि हतियार र सैनिकको गतिविधिबारे जानकारी चुहावट गरेको आरोप छ। दोषी प्रमाणित भएमा उनलाई १२ वर्षसम्मको जेल सजाय हुन सक्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment