तीज गीत ‘घर आँगनमा नाच फरर’
काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा फिचर्ड छन् ।
भिडियोमा महानायक हमाल र मोडल मन्जुको केमेस्ट्रि सुहाएको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् । त्यस्तै गरि गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्।
देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडिायोको छायांकन उत्सब दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस पटकको तीजमा यो गीतले राम्रै प्रतिक्रिया पाउनेमा निर्माण टिम ढुक्क छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment