भर्जिनियामा दशैं तिहार फुटबल प्रतियोगिता हुँदै

डिसी नेपाल
२७ साउन २०८० ८:११
644
Shares

भर्जिनिया। अमेरिकाको भर्जिनियामा दशैं तिहार खसी कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। मिलन गोर्खाली र गणेश पाण्डेको सक्रियतामा सेप्टेम्बर ९-१० देखि दोस्रो वार्षितक डीभीएम दशैं तिहार खसी कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगिताको तयारी सुरु भइसकेको छ। इच्छुक फुटबल टोलीले अगष्ट २५ सम्म दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ। टोली दर्ताको लागि पाँच सय डलर शुल्क लाग्ने बताइएको छ।

यो फुटबल प्रतियोगितामा धेरै खेलाडी तथा क्लब उत्तरी भर्जिनिया र डीएमभी क्षेत्रमा स्थापना भएकाहरुको सहभागीता रहने जनाइएको छ। प्रतियोगितमा ट्रफी जित्नका लागि दुई वटा विधा रहेका छन्।

समूहबाट छनोट गरिएको टोलीले पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा पाउने छन्। त्यस्तै अर्को भनेको ‘मिनी कप’ जित्ने मौका पनि छ।

आयोजकले पहिलो पटक उत्कृष्ट किपर, एमभीपी र उत्कृष्ट खेलाडीको लागि उत्कृष्ट मनोनित सूचीहरुका लागि खेलाडीलाई एक सय डलर र भाग्यशाली दर्शकहरुले र्‍याफल प्रतियोगितामार्फत ५५ इच्नको एलसीडी टिभी जित्ने मौका पाउने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *